गल्याङ ६ चितुङमा पुरुष भलिबल प्रतियोगिता सुरु,पुर्व मन्त्रीद्वारा उद्घाटन

२०७९ कार्तिक २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुवेदी

स्याङ्जा,२ कार्तिक । गल्याङ नगरपालिका वडा न.६ चितुङमा पि.वि.वि.सि.एन. कालिका युवा क्लबको आयोजनामा मंगलबार देखि पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी पुर्व मन्त्री पद्मा कुमारी अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्री अर्यालले रिवन काटेर कार्यक्रम उद्घाटन र खेलको संचालन गर्नुभएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि प्रदेशसभा सदस्य मोहन रेग्मी र गल्याङ नगरपालिकाका पुर्व मेयर भुपराज अधिकारी हुनुहुन्थ्यो,भने कार्यक्रमको सभापति क्लब अध्यक्ष मनिसा बि.क. हुनुहुन्थ्यो,साथै कार्यक्रम उद्घोषण सुमन बि.कले गर्नुभएको थियो । कार्यक्रममा गल्याङ नगरपालिका ६ का वडा सदस्य होम थापा (गोपाल),बृहस्पति चापागाईं, बोमकला चापागाईं लगाएतकाे उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय