स्याङ्जा, १४ कार्तिक । खोला नदिले पुर्याउने क्षति रोकथामका गर्न लागी प्रयोग हुँदै आएका ढुङ्गा,गिट्टी,बालुवा, सिमेन्ट लगायतका बस्तुलाई विस्थापित गरि स्थानीय श्रोत साधनको प्रयोग गरेर तटबन्ध रोक्न सकिने अभियान स्याङ्जामा सुरु भएको छ ।
स्थानीयरुपमा पाइने बास निगालो लगायत बस्तु बाट तटबन्धको रोकथाम गर्न सकिने गरि ९ जना युवाले तालीम प्राप्त गरेपछि यसको सम्भावना बारे खोजी सुरु भएको हो । तालिम प्राप्त युवाको अगुवाइमा आइतबार वालिङ् नगरप्रमुख कृष्ण खाड र वालिङ् ९ नम्बरका वडा अध्यक्ष अमृत श्रेष्ठको उपस्थितिमा वालिङ्को कल्लेरिमा स्थानीय श्रोत साधनको प्रयोग गरि तटबन्धको रोकथाम गर्न सकिने बारे नमुना प्रदर्शनी गरिएको छ ।


नमुना प्रदर्शनीमा बोल्दै नगरप्रमुख खाडले स्थानीय श्रोत साधनको प्रयोग गरेर आधिखोला लगायत खोलाबाट हुने तटबन्ध रोकथाम गर्न सकिने भएपछि तटबन्धको लागि हुने खर्च समेत कम हुने धारणा राख्नुभयो । स्थानीय श्रोत साधनको पहिचान गरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यमा निरन्तर लागेको सस्था छाता सस्थाको अगुवाइ यो अभियान संचालन भएको सस्थाका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघ बहादुर आलेले जानकारी दिनुभयो ।