स्याङ्जामा ओली आउने

२०७९ कार्तिक १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न कात्तिक २० गते स्याङ्जा सदरमुकाम आउनु हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला निर्वाचन परिचालन कमिटी, स्याङ्जाले आयोजना गरेको चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार