स्याङ्जा, ७ मंसिर । निर्वाचनको झुठा समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै नेकपा एमाले स्याङ्जा क्षेत्र नम्बर २ उम्मेदवार पद्मा अर्याल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
चापाकोटमा बुथ कब्जा भएको भन्दै मंसिर ४ गते देखी नेकपा एमालेले सामाजिक संजालमा भाइरल बनाएको उक्त भिडियो चापाकोटको नभई अन्यत्रको भएको आज पत्ता लागेको हो । चापाकोटका केही स्थानमा नेपाली काङ्ग्रेसले बुथ कब्जा गरेको भन्दै बुथ कब्जाको प्रमाण स्वरुप निर्वाचन आयोगलाई नेकपा एमाले उक्त भिडियो दिएको थियो । निर्वाचन आयोगले उक्त भिडियो चापाकोटको नभई अन्यत्र भएको ठहर गरेपछि नेकपा एमालेले बुथ कब्जा भनी लगाएको आरोप प्रति सर्वत्र प्रश्न चिन्ह खडा भएको छ ।
स्याङ्जा क्षेत्र नम्बर २ मा बुथ कब्जा भएको नक्कली भिडियो निर्वाचन आयोग लाई उपलब्ध गराएर मतगणना हुन नदिन आन्दोलनमा उत्रेको नेकपा एमालेको यो रबैय प्रति नेपाली काङ्ग्रेसले खेत प्रकट गरेको छ । नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले आज निर्वाचन कार्यलयलाई निवेदन दिदै निर्वाचन प्रति भ्रम सिर्जना गर्ने पार्टी र त्यसका नेता तथा कार्यकर्तालाई कारबाहीको माग गरेको छ । नेपाली काङ्ग्रेसले यस्तो भ्रम सिर्जना गर्ने लाई कारबाहीको माग गर्दै स्वच्छ र भयरहित वातावरणमा सम्पन्न निर्वाचनको मत परिमाण छिटोभन्दा छिटो सार्वजनिक गर्न निर्वाचन आयोग संग माग समेत गरेको छ ।