पुर्व मन्त्री अर्यालका श्रीमानले मृत भनेका चापाकोटका नागरिक जीवितै

२०७९ मंसिर ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,११ मङ्सिर  ।  पुर्व मन्त्री अर्यालका श्रीमानले मृत भनेका चापाकोटका नागरिक जीवितै भेटीएको छ ।

चापाकोटको बिषयमा एक पछि अर्काे रहस्यहरु खुल्दै गएका छन् । नेकपा (एमाले) ले मरेका र बिदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गर्यो । जसले सामाजिक सञ्जालनमा निक्कै चर्चा पनि पायो ।

नेकपा –एमालेले सार्वजनिक गरेको सूची मध्येकी चापाकोट नगरपालिका वडा नम्वर ५ की ७६ बर्षीय जुनमाया दमै जीवीतै हुनुहुन्छ । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको हो । जुनमाया दमै आक्रोस पोख्दै भन्नु हुन्छ, ‘म जीउदै छु मलाई किन मरेको भनेको के म दलित भनेर हेपेको’ त्यस्तो भन्नेलाई सबै मिलेर कारवाही गर्नुपर्छ उहाँको आक्रोस छ । म माथि राजनीतिक रुपमा अन्याय गरियो उहाँको दुखेस छ ।

जुनमाया मात्रै होईन गाँउका अन्य केही जीउदा व्यक्तिलाई पनि मरेको भनेर सार्वजनिक गरिए पछि चापाकोट वासी आक्रोसित भएका हुन् । स्थानीय युवा विश्वास पुरी भन्नुहुन्छ,‘हैन जे पनि भन्न र जे पनि गर्न मिल्ने रहेछ किन हो ?’ आफूहरुलाई अनावश्यक रुपमा तनाव दिने काम गरिएको भन्दै पुरीले आक्रोस समेत पोख्नु भयो ।

के फेरी निर्वाचन हुने हल्ला छ नी केही थाहा पाउनु भएको छ भन्ने प्रश्नमा, पुरी भन्नुहुन्छ,‘के हामी खेलौना होर, एमालेका बुथ प्रतिनिधि दिनभर त्यही देखेका थियौ कांग्रेस एमालेसँगै बसेका थिए कसरी यस्तो चर्चा आयो हामी कुनै पनि हालतमा पुनः मतदान हुन दिदैन’पुरीले भन्नुभयो । चुनाव सकिनै लाग्दा नेकपा एमालेका उमेद्वार पद्मा अर्याल तथा काग्रेसका नेताहरु सँगै बसेर कफि खाएका थिए । त्यती बेला सम्म बुथ कब्जा भयो किन नभनेका हुन् अर्का युवा भागिरथ मल्लको भनाई छ ।

चापाकोट नगरपालिका वडा नं. १ भानुमावि मतदान केन्द्रमा एमालेका बुथ प्रतिनिधिले कांग्रेसका बुथ प्रतिनिधिलाई कुटे पछि विवाद भएको थियो । विवाद सामान्य पार्न प्रहरीले हवाई फायर समेत गरेको थियो । सो विवाद मिलाउन पद्मा अर्याल सहितको टोली कांग्रेससँग बसेको थियो । मतदान राती सम्म चलाउने उनीहरु बीच सहमति समेत भएको थियो । त्यतीबेला घाईते भएका युवा भरत वोस्ती भन्नुहुन्छ, एमाले उमेद्वार पद्मा अर्याल सँगै हुनु हुन्थ्यो त्यतीबेला सम्म बुथ कव्जा भयो भनेर भन्नु भएको थिएन पछि राजनीतिक प्रतिशोध लिन यसो गरिएको हो,वोस्तीले थप्नु भयो ।

मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि अझै मतगणना हुन सकेको छैन । यसैबीच निर्वाचन आयोगले गठन गरेको आयोगका कानुन सहसचिव फणिन्द्र गौतम नेतृत्वको टोली स्थलगत अवलोकन तथा छलफल पछि शनिवार नै काठमाण्डौं फर्किएको छ । टोली जिल्लाका सुरक्षा निकाय,प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनैतिक दल लगायतसँग छलफल गरेको थियो । टोलीलाई ३ दिन भित्र अर्थात मंसिर १२ भित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार