स्याङ्जा, १४ मंसिर । मंसिर ४ मा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुथ कब्जा गरि मरेका मान्छेले पनि भोट आरोप एमाले लगाएपछि स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना सुरु हुन सकेको छैन ।
निर्वाचन सम्पन्न पछी मतपेटिका निर्वाचन अधिकृतको कार्यलयमा सुरक्षीत रहेपछि राजनैतिक सहमति जुट्न नसक्दा मतगणना कार्य अगाडि बढ्न सकेको छैन । मत गणनामा सहमति हुन नसकेपछि निर्वाचन आयोगको निर्णय कुरेर बसेको स्याङ्जा क्षेत्र नम्बर २ का मतपेटिका वालिङ् नगरपालिकाको कार्यलय भित्र थन्किएका छन् । नगरपालिका बाहिर भने एमाले र काङ्ग्रेसले छुट्टाछुट्टै आन्दोलन गरेर छन् । नेपाली काङ्ग्रेसले शान्तिपूर्ण ढंगले सम्पन्न निर्वाचन मतगणना छिटो हुनुपर्ने माग गर्दै आन्दोलन गरेको छ भने नेकपा एमाले बुथ कब्जा गरेर मृत्यु भएका ब्याक्तीले समेत भोट हालेको भन्दै बुथ कब्जा भएका स्थानमा पुनः मतदान हुनुपर्ने माग राखेको छ ।
बुथ कब्जा गरेर मृत्यु भएका ब्याक्तीको नाममा पनि मतदान भएको भन्दै नेकपा एमाले सार्वजनिक गरेको नाम लिस्टका नागरिक भने जिवित भएको भन्दै मिडिया गुहारिरहेका छन् । त्यस्तै चापाकोट नगर प्रमुख देव बहादुर खाँण (इश्वर )का जिवित बुवालाई नेकपा एमालेले मरेको भनेपछि नगर प्रमुख खाँणले त्यसको खंडन गर्नु भएको छ । सामाजिक संजालले नगर प्रमुख खाडले लेख्नुभएको छ मेरो पुजनीय पिता गोविन्द बहादुर खाँणको मृत्युु भएको भनी संचारका माध्यमहरूमा एमाले स्याङ्जाले नाम उल्लेख्य गरेको कार्यले दुखित बनाएको छ । जिवितै मान्छे लाई मृत्यु भनी स्याङ्जामा एमाले बाट गरिएको अमर्यादित कार्य प्रति घोर भत्सर्ना सहित कारबाहीको माग गर्दछु ।
समाजमा यस्ता नकारात्मक संदेश दिने , सामाजिक द्वन्द्व बढाउने र समाजलाई आतंकित बनाउने कार्य निन्दनीय छ । उहाँले जिवित नागरिकलाई मरेको भनेर अतकं फैलाउने माथी कारबाहीको समेत माग गर्नुभएको छ ।