फिशटेल एकेडेमीको वर्ल्डकप विजेता अनुमान प्रतिस्पर्धा : कक्षा ११ का विद्यार्थी उत्सव अर्याल बने ‘लक्की विन्नर’

२०७९ पुष ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

पोखरा, ६ पुस । फिशटेल एकेडेमी, पोखरामा आयोजना गरिएको वर्ल्ड कप विजेता अनुमान प्रतिस्पर्धा सम्पन्न भएको छ। स्कूलका विद्यार्थी, अभिभावक तथा बाहिरी प्रतिस्पर्धीका लागि समेत खुला गरिएको उक्त प्रतिस्पर्धामा १५१७ जनाले भाग लिनुभएकाे  थियाे । जस मध्ये ११७ जनाले सही विजेता टीम अर्थात् अर्जेन्टिनाको अनुमान गरेको पाईयो ।

स्कूल प्रांगणमा विशेष एसेम्ब्ली गरेर खुला लक्की ड्र गरिएको उक्त कार्यक्रममा स्कूलका जुनियर फूटबल टीमका क्याप्टेन कक्षा ५ का स्वर्णिम थापाले लक्की ड्र निकालेका थिए। उक्त समारोहमा मन्तव्य राख्दै स्कूलका संचालक अध्यक्ष चीनु रानाभाटले फिश्टेल एकेडमीको खेलको विकासमा लामो ईतिहास रहेको बताउनुभयाे ।

स्कूलका कार्यकारी निर्देशक दिनकर नेपालले यस स्कूलमा विद्यार्थीहरुको चौतर्फी व्यक्तित्व विकासमा ध्यान दिईरहेको र विभिन्न गतिविधीहरु मार्फत विद्यार्थीहरुलाई सहकार्य र नेतृत्वका अवसर प्रदान गर्ने रणनीति रहेको जनाउनुभयाे । विजेता उत्सव अर्याललाई पोखरा अल्ट्रालाईट प्रा लि को ३० मिनेटको उडानको टिकट प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय