पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

२०७९ पुष ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कास्की,८ पुस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाटसमेत टेनिस खेलाडी पोखरा आउन लागेको प्रतियोगिता संयोजकसमेत रहनुभएका सङ्घका द्वितीय उपाध्यक्ष नवीन चालिसेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारीदिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता हालसम्मकै धेरै खेलाडीको सहभागिता हुन लागेको हो । उहाँले भन्नुभयो,“यो माछापुच्छ«े टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँं ।”प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाका एकल तथा डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष मागि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा कूल दुई सय तीन जना खेलाडीले नाम दर्ता गरेको संयोजक चालिसेले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुला पुरुष तथा महिला एकलका विजेताले जनही रु ८० हजार र उपविजेताले नगद रु ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनलमा पुग्नेले नगद रु दस हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

यसैगरी पुरुष तथा महिला डबल्सतर्फ बिजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद रु दस हजार मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको विजेताले नगद रु ६० हजार, उपविजेताले रु ३० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनालिष्टले नगद रु दस हजारसहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद रु २० हजार, उपविजेताले नगद रु दस हजारसहित ट्रफ्री प्राप्त गर्नेछन् ।
यसैगरी ४५ वर्ष भन्दा माथिको एकलतर्फको विजेताले नगद रु ४० हजार, उपविजेताले रु २० हजार र सेमीफाइनालिष्टले नगद रु १० हजारका पुरस्कार पाउनेछन् । सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद रु २० हजार, उपविजेताले नगद रु १० हजार तथा सेमिफाइनालिष्टले नगद रु १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको ५५ वर्ष माथिको एकलतर्फको विजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजार, सेमिफाइनालिष्टले जनही नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । डबल्सतर्फको विजेताले रु २० हजार, उपविजेताले नगद रु १० हजार र सेमिफाइनालिष्टले जनही नगद रु १० हजारका साथमा ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथिको एकलतर्फ विजेताले नगद रु १५ हजार, उपविजेताले नगद रु सात हजार पाँच सय र सेमिफाइनलमा प्रवेश गर्नेले रु दुई हजार पाँच सयसहित ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब रु १६ लाख ५० हजार खर्च हुने सङ्घका कोषाध्यक्ष अनुज बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरस्कार राशिमा रु सात लाख ४० हजार खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय