आफ्नै श्रीमानको कुटाइबाट कोमाम पुग्नु भएकी स्याङ्जाकि न्यौपानेको स्वास्थ्य सुधारोन्मुख

२०७९ फाल्गुन १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
स्याङ्जा, १३ फागुन । आफ्नै श्रीमान लगाएत पारिवारिक कुटपिटवाट घाईते भई कोमामा पुगेकि कमला सुवेदी(न्यौपानेको स्वास्थ्यमा सुधार देखिएको छ । ऊनलाई पोखराको गण्डकी मेडिकल कलेजवाट थप ऊपचारका लागि ३दिन अघि काठमाण्डौको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ ।

बरिस्ठ न्यूरो सर्जन प्रा.डा. राजिव झा को नेतृत्वमा ऊपचार भैरहेको छ। स्वास्थ्य ऊपचारमा निरन्तर संगै रहेका कमलाका भाइ तेज प्रसाद सुवेदीले जानकारि दिनुभएको छ।

स्वास्थ्यमा शुक्रवार वाट केहि सुधारको संकेत देखिएको छ अव कुनै ईन्फेक्सन भएन भने क्रमिक रूपमा स्वास्थ्यमा सुधार होला छोरा किस्मत न्यौपानेले जानकारी दिनुभयो।

ऊपचारमा आर्थिक अभाव हुने देखिएको पनि ऊनले संकेत गरेका छन् हाम्रो आर्थिक अवस्था कमजोर छ मम्मिको अवस्था यस्तो छ के कसरि ऊपचार गर्ने हो भनेर चिन्ता लागिरहेको छ । अहिले सम्म त दरौखोला सामिप्य समाज पोखरा र मामा तेज प्रसाद सुवेदी लगायतका महानुभावहरूले आर्थिक सहयोग जुटाईरहनु भएको छ यस अफ्ठ्यारो अवस्थामा देश(विदेशमा रहनु हुने सहयोगि मनहरूवाट साथ र सहयोगको अपेक्षा गरेको समेत छोरा किस्मत न्यौपानेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय