माधव नेपालका भाइको रेष्टुराँबाट खसेर निधन

२०७९ फाल्गुन २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० फागुन । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए ।

उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो । नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन । उनी ६२ वर्षको थिए । उनका दुई छोरी अमेरिकामा छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय