कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

२०७९ फाल्गुन २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते हुनुभएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिनुभयो । “डा भण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, भण्डारीका दाजु मीनप्रसादले भन्नुभयो ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय