गल्याङ बहुमुखी क्याम्पसमा स्वतन्त्र सहित ३ को उम्मेदवारी, को बलियो

२०७९ फाल्गुन २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई

स्याङ्जा, २८ फागुन । चैत्र ५ गते हुने निर्वाचनका लागि स्ववियु निर्वाचनका लागि गल्याङ बहुमुखी क्याम्पसमा स्वतन्त्र सहित ३ जनाको सभापतिमा उम्मेदवारी परेको छ ।

यस अघि नेबिसंघको नेतृत्वमा स्ववियु निर्वाचित भएको क्याम्पसमा अहिले भने स्वतन्त्र सहित ३ जनाएको उम्मेदवारी परेको हो । यस्तो छ उम्मेदवारी वितरण

 

 

१.सन्तोष भट्टराई
स्वतन्त्र : स्ववियु सभापति उम्मेदवार
गल्याङ बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत भट्टराई क्याम्पसमा युवा युवतीका लोकपि्रय ब्यक्तिका रुपमा स्थापित हुनुहुन्छ । स्वतन्त्र तर्फबाट सभापति बाहेकका अन्यत्र उम्मेदवारी मनोनयन भने हुन सकेको छैन ।

 

२. बिशाल थापा
नेबिसंघ स् स्ववियु सभापति उम्मेदवार

स्नातक तह तेस्रो बर्षमा अध्यनरत थापा स्ववियु सभापतिका बलिया उम्मेदवार मानिनुहुन्छ । यस अघिको निर्वाचनमा समेत नेबिसंघले बिजय प्राप्त गरेको हुँदा पनि थापालाई निर्वाचन जित्न सजिलो हुने देखिन्छ । त्यतिमात्रै नभर अन्य राजनैतिक दलको जनजाति तर्फको भोट समेत आफू तिर तान्न सक्ने विश्लेषण उहाँमा गरिएको छ । नगरपालिकामा समेत काङ्ग्रेस नेतृत्वले बिजय प्राप्त गरेको हुँदा यसै नगरपालिकाको केन्द्रमा रहेको यस क्याम्पसमा थापाले बिजय प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ ।

 

३. अमृत खनाल
अनेरास्ववियु स् स्ववियु सभापति उम्मेदवार

गल्याङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्यनरत खनाल चार बर्षे अध्यन सकेर पुन अर्को सत्रको लागि भर्ना हुनुभएको हो । गल्याङ नगरपालिकाको नगर हस्पिटलमा समेत कार्यरत उहाँको जनसम्पर्क भने हस्पिटलकै कारण बलियो देखिन्छ । हस्पिटलमा कार्यरतकै कारण उहाँको उम्मेदवारी खारेज भएन भने उहाँ सभापतिका बलिया दावेदार मानिनुहुन्छ ।

निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि ३ बजेसम्म क्याम्पसको प्राङ्गणमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय