स्याङ्जामा एक पुरुषको वेवारिसे लास फेला

२०८० बैशाख ५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ५ वैशाख । स्याङ्जाको विरुवा गाउँपालिकामा एक पुरुषको वेवारिसे लास फेला परको छ ।

विरुवा गाउँपालिका १ तल्लो बजारस्थित धनमाया केसीको मानिस नबस्ने पुरानो घरको कोठामा यसै क्षेत्रमा ज्याला मजदुरी गरी बस्ने एक पुरुषको लास फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुुभयो ।

एकिन नामथर बतन नखुलेको उदयपुर गाईघाट घर बताउने रमेश मगर भनेर चिनिएका ती पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय