५ सय ९५ बोरा सिमेन्ट लागेको शौचालयमा अख्तियरको ध्यानाकर्षण

२०८० बैशाख ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा ,८ बैशाख । गल्याङ नगरपालिका ६ पिडिखोलामा रहेको नरोदय माविमा ५ सय ९५ बोरा सिमेन्ट लागेर निमार्ण भएकाे शौचालयमा अख्तियर दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको छ । बिधालयको बेथिति सार्वजनिक भएसङ्गै अख्तियर दुरुपयोग अनुसन्धान अयोगले ध्यानाकर्षण भएको जनाएकाे हाे ।

हेर्ने कुरा अनलाइन टेलिभिजनले गरेको स्टिङ अप्रेसनमा बिधालयका थुप्रै अनियमितता सार्वजनिक भएको थियो । विधालयका प्रधानध्यापक प्रेम शर्मा पौडेल विधालयको अनुमति बिना तीन महिना युरोप घुम्न गएको र उक्त तीन महिनाको समेत तलव लिएको बिषयमा छानबिन सुरु गर्दा बिधालयका थुप्रैपटक वेथिति फेला परेका थिए ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष जागेश्वर पाण्डेले प्रधानध्यापक युरोप भ्रमणमा गएको अनौपचारिक जानकारि रहे पनि विधालयमा औपचारिक नगराएको बताउनु भएको थियो । बिधालयमा आर्थिक हिनामिनाको प्रश्न उठेपछि विवाद समाधान गर्नुकाे साटो प्रधानध्यापक विदेश पलाएन भएको स्थानीयहरुको आरोप छ । प्रधानध्यापक विदेश लागेपछि स्कुलमा भएको अनियमितता बारे बिधालयका शिक्षक तथा लेखापालले खोत्तलासि सुरु गर्दा लेखापालकाे समेत कृते हस्ताक्षर भेटिएपनि अहिलेसम्म स्कुलमा के कति अनियमितता छ भन्ने बारे खुल्न सकेको छैन ।

विधालयमा तीन कोठाको शौचालय निर्माण गर्दा पाँच सय पन्चानब्बे बोरा सिमेन्ट लागेको समेत विल प्राप्त भएको उक्त भिडियोमा उल्लेख गरिएको छ । उक्त शौचालय निर्माण कै लागि १९ लाख भन्दा बढि रकम खर्च रहेको बिल प्राप्त भएपछि यस बिधालयमा धेरैको जिज्ञासा बढेको छ ।

बिधालय व्यवस्थापन समिति,लेखापाला, वडा अध्यक्ष लगायतलाई समेत जानकारी नदिई युराेप भ्रमणमा जानू  र अस्वभाविक रुपमा खर्चका बिलहरु पेश गर्नु लगायतका थुप्रै सङ्कास्पक विषयमा अख्तियर दुरुपयोग अनुसन्धान आयोग पोखराले छानबिन प्रकृया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार