स्याङ्जाबाट करिब ४ हजार विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागी हुँदै

२०८० बैशाख २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिजल राना
स्याङ्जा २५ बैशाख । यहीँ बैशाख २६ गतेबाट देशभर सुरु हुन लागेको कक्षा १२ को परिक्षाको लागि स्याङ्जा जिल्लाबाट ३ हजार ९ सय ४४ विद्यार्थी सहभागी हुने भएका छन् ।

जेष्ठ ५ गतेसम्म चल्ने परिक्षामा जिल्ला भरका निजि तथा सरकारी बिधालयका विद्यार्थीले २१ वटा परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था मिलाएको जिल्ला शिक्षा समन्वय इकाइ, स्याङ्जामा कार्यरत टंकराज बरालले हेर्ने कुरालाई जानकारी दिनुभयो । जसमा जिल्ला भरीको ८२ वटा सामुदायीक विद्यालयका कुल ३ हजार २ सय ५५ विद्यार्थी सहभागी रहेका छन् भने १३ वटा संस्थागत विद्यायका कुल ६ सय ९९ विद्यार्थी सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय