भुटानी शरणार्थी ठगी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ

२०८० बैशाख ३१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३१ वैशाख। नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उहाँलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उहाँविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहनुुभएका उहाँ पक्राउ पुर्जी जारी भएपछि फरार हुनुुभयो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आउनुुभएको थियो । उहाँ पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ पर्नुुभएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको वयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालिन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय