चट्याङ लागेर एकै परिवारका चार घाइते

२०८० जेष्ठ २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दैलेख, २ जेठ । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।

डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।

घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय