मुक्तिनाथ बैंकका ग्राहकलाई काठमाडौंको “अरोगिन हेल्थ केयर” मा विशेष छुट

२०८० जेष्ठ ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ जेठ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले काठमाडौंको “अरोगिन हेल्थ केयर” मा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा। लि।सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि ” मा विभिन्न सेवा सुविधाहरुमा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न भएका छन् ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय