गणतन्त्र दिवसमा स्याङ्जाका ३ कैदीबन्दीलाई आम माफी

२०८० जेष्ठ १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निशान भट्टराई
स्याङ्जा, १५ जेठ । १६ औँ गणतन्त्र दिवसको अवसरमा स्याङ्जा कारागारमा रहेका ३ कैदी बन्दीलाई आम माफी दिइएको छ । विभिन्न मुद्दामा कारागार जीवन बिताउँदै आएका स्याङ्जाका तीन जना कैदीबन्दी गणतन्त्र दिवसको दिन आम माफी दिएर रिहा गरिएको हो ।

जिल्ला कारागार कार्यालय स्याङ्जाले अदालतले तोकेबमोजिम आधा जेलजीवन बिताइसकेका तीनजना कैदीबन्दीलाई आममाफी मिनाहा दिन सिफारिस गरेकोमा राष्ट्रपति कार्यालयवाट तीनजनाकै कैद मिनाहा भएर आएको कारागार कार्यालय स्याङ्जाका जेलर चुडामणि भण्डारीले जानकारी दिनुभयो ।

उहाका अनुसार चोरी मुद्दामा २०७८/०६/०६ देखि कैद सजाय भोगिरहेका पुतलीबजार नगरपालिका– ८ का कुमार नेपालीको १ वर्ष ८ महिना ८ दिनको कारावासको सजाय थियो । त्यस्तै गोवद मुद्दामा २०७९/०६/०५ देखि कैद सजाय भोगिरहेका अर्जुनचौपारी गाउँपालिका-४का खेम बहादुर दमाईको ८ महिना ९ दिन को कारावास सजाय थियो भने आत्महत्या दुरुत्साहन मुद्दामा २०७९/०२/२४ देखि कैद सजाय भोगिरहनुभएका वालिङ नगरपालिका– ७ का रमेश थापाको ११ महिना २० दिनको कारावास सजाय रहेको थियो । यसरी जेल सजाय पाउनु भएका उहाँहरुलाई गणतन्त्र दिवसको अवसरमा जेल मुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय