धादिङको बेनीघाट–२ मा भिरबाट लडेर आमाछोराको मृत्यु

२०८० जेष्ठ १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
धादिङ,१६ जेठ । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मासखर्कको जाउला थाइमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा दुई वर्षीय साजन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जनाकारी दिनुभयो। अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन्।

सोमबार अपराह्न छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि समात्न जाँदा अप्सराको पनि खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शवलाई मलेखुस्थित स्थानीय अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय