काठमाडौ ,२२ जेठ । राष्ट्रिय निजि तथा आवसिय विधालय एसोसियसन नेपाल र काठमाडौ महानगर समितिको संयोजनमा हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । हाजिरि जवाफ प्रतियोगिता यहि जेठ २५,२६,र २७ गते युनिभर्सल सेकेन्डरी स्कुल धुम्बाराहिमा सञ्चालन हुने भएको हो ।
आइतबार एक पत्रकार सम्मेलन गरि हाजिरी जवाफ प्रतियोगिता जिल्लाव्यापि हुने बताइएको थियाे । काठमाडौ जिल्लाभित्रका एन प्याब्सनमा आबद्द लगभग ९० बिधालयहरु सहभागी हुनेछन । प्रतियोगितामा प्रथम पुरस्कार १५,००० द्वितिय पुरस्कार १०,००० तृतीय पुरस्कार ७,५०० र चौथा पुरस्कार ५,००० रहने अायाेजकले जनाएकाे छ ।