जिल्ला समन्वय स्याङ्जाको गाडी दुर्घटना, एकको मृत्यु

२०८० जेष्ठ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा ,२४ जेठ ।  अर्जुनचौपारी गाउँपालिका-३ खोलेमा भएको गाडी दुर्घटनाममा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। घाइते भएका तीन जना खतरामुक्त रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो। दुर्घटनामा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।

शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा१झ ५८७८ नम्बरको गाडी सडकभन्दा करिब ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय