ओलीले दिए स्याङ्जामा कडा भाषण, भोक तथा गरिबिले जनता मर्न दिँदैनौं

२०८० जेष्ठ २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान भट्टराई
स्याङ्जा, २७ जेठ । भोक तथा गरिबिले आफ्ना कुनैपनि जनता मर्न नदिने कुरा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो। आफ्नो कार्यकालमा भोकमरी तथा गरिबि निवारणका निम्ति विभिन्न प्रयास गरेको कुरा उहाँले जनाउनुभयो।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा जेठ २६ गते आयोजित प्रासशकिय भवन‌ उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले उक्त कुराको जानकारी गराउनु भयो। स्याङ्जाको कालीगण्डकी गाउँपालिका देशकै एक नमूना गाउँपालिका रहेको र सोही अनुसार विकास गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो र कालीगण्डकीको विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

अहिले एकले अर्कालाई घृणा गरि ,लडाई झगडा निम्त्याइ राष्ट्रिय एकतालाई लत्याई विकासलाई रोक्ने राजनीतिक परिपाटी स्थापना भएको र यसले हामी अगाडि बढ्न नसक्ने कुरा ओलीले बताउनुभयो। उहाँले पहिचान र राजनीतिका नाम चलेको हिंसाको नेकपा एमालेले घोर निन्दा गरिरहेका र नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु लगायतका नेताहरुलाई पनि यस कुसंस्कारको विरोध गर्न आवहान गर्नु भएको छ । उहाँले नेपाली जनतालाई शान्ति, विकास, सुशासन चाहिएको कुरा बताउनु भयो।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले अहिले हालसालै गरेको भारत भ्रमणका क्रममा १५ वटा मूरर्रा रागो सग दुई वटा नदी साटेको, बङ्गालादेश जाने बाटोका लागि देशको भूमि साटेको कुरा जनाउनुभयो र त्यस कार्यप्रति आफू तथा पार्टीको घोर आपत्ति रहेको कुरा बताउनु भयो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको सभापतित्वमा संचालन गरिएको समारोहमा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, गण्डकी प्रदेश का सांसद महेश भटृराई, नेकपा एमालेकी सचिव तथा पूर्व मन्त्री पद्मा कुमारी अर्याल, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार