अर्जुनचौपारीमा वडा स्तरिय भलिबल खेल सुरु

२०८० जेष्ठ २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदी
स्याङ्जा ,२९ जेठ। पिपलडाडा युथ क्लब अर्जुन चौपारी  १ ठाडाखेत द्वारा ३ दिने प्रथम वडा स्तरिय भलिबल प्रतियोगिता उद्घाटन गरेको छ।

समृद समाज ,हाम्रो परिकल्पना भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना भएको हो।भलिबल प्रतियोगिता २०८०/०२/२८ देखि ३० गते सम्म चल्ल्ने छ।

कार्यक्रमको अध्यक्षता श्याम कुमार रानाले गर्नु भएको थियो,कार्यक्रम मा प्रमख अतिथी समाजसेबी महिला नेतृ तिर्थ कुमारी पौडेल ,बिशिस्ट अतिथी डोलराज पौडेल ,अन्य अतिथिमा वीर बहादुर राना,विशाल ढकाल,सुमन पौडेल,आशिष् घर्ति,रोयणी प्रसाद ढकाल,किशोर परियार लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम मा प्रमुख अतिथी तिर्थ कुमारी पौडेलले खेल को माध्यम बाट नै आफ्नो गाउँ ठाउको कला सस्कृती को प्रचार गर्न सकिने कुरा बताउनु भएको थियो।उहाले खेल मानिसको स्वास्थ्य संग पनि सम्बन्धित रहेको र खेल ले गर्दा नै मानिस स्वास्थ रहने कुरा बताउनु भएको थियो।

बिश्व हिन्दु युवा संघ स्याङ्जाको जिल्ला अध्यक्ष नबराज पौडेल ले खेल मानव जीवन अत्यन्त आब्श्यक रहेको र हरेक समुहका ब्यक्तिहरुलाई खेल आवश्यक रहेको कुरा बताउनु भएको थियो।उहाले खेलमा सरकारले राम्रो ध्यान नदिदा नेपाल पछाडि परेको कुरा बताउनु भएको थियो।अरु खेल भन्दा भलिबल खेल नेपालको माटो सुहाउदो भएको र यसलाई राज्यले लगानी गर्नु पर्ने साथै खेलाडी हरुलाई राम्रो सेबा सुबिधा दिनु पर्ने यस्तो नहुदा धेरै राष्ट्रिय खेलाडी हरु बिदेश पलायन हुने अबस्था आएको उहाले बताउनु भएको थियो।

यस्तै सम्योजक श्याम कुमार रानाले कार्यक्रम गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै अब आफू हरु समृद समाज निर्माण को लागि अगि बड्ने कुरा बताउनु भएको थियो। उहाले त्यसको लागि युवा पुस्तालाई यस्तै क्रियाकलाप मा समाबेश गर्नु पर्ने बताउनु भएको थियो।

स्थानिय र अन्य गरि करिब १५ ओटा टिमले कार्यक्रम मा भाग लिएका छ्न। कार्यक्रम मा वीर बहादुर रानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन कमल कान्त अर्याल ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय