शैक्षिक सुधारको पक्षमा निरन्तर लागि परेका छौं : शिक्षा शाखा प्रमुख केदार राज आचार्य

२०८० असार ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,७ असार । समयानुकुल शैक्षिक गुणस्तर बृद्वि गर्ने पक्षमा गल्याङ नगरपालिका निरन्तर लागि परेको र त्यसलाइ सफल पार्न सबैको साथ सहयोग आवश्यक रहेकाे गल्याङ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यले बताउनु भएकाे छ ।

बिहिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ चण्डिथान स्थित चण्डिका आधारभूत विद्यालयको नतिजा प्रकाशन तथा छात्रबृद्वि वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएको हो ।

शिक्षा शाखा प्रमुख आचार्यले भन्नु भयो पछिल्लो समय गल्याङ नगरपालिकाका नगर प्रमुख शिक्षाको गुणस्तर बृद्वि गर्ने पक्षमा लागेको बताउदै शिक्षामा हिजो आफूले पाएको दुःखलाई सझेर शिक्षाको सुधारको पक्षमा लाग्नु पर्ने कुरा बताउनु भयो ।

स्थानीय सरकार तपाईको सरकार हो र विद्यालयलाई आफ्नो सम्झेर शैक्षिक व्यवस्थापनमा लाग्न र शैक्षिक गुणस्तर बृद्वि गर्न आग्रह गर्दै आफू र नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबन्धता समेत उहाँले व्यक्त गर्नु भएको थियो । बालविकास शिक्षिकाहरुका लागि तालिम,विषय शिक्षकहरुका लागि तालिम जेहेन्दार र आर्थिक विपन्न बालवालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गृहकार्य डाईरी वितरण जस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँले बताउनु भयो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष झिम बहादुर थापा, गल्याङ नगर शिक्षा समिति सदस्य चन्द्र बहादुर राना, शिक्षा, युवा तथा खेलकुद शाखाका नासु अग्नीधर बस्याल, विद्यालयका संस्थापक अध्यक्ष मेक बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले विद्यालयको प्रगती प्रतिबेदन ३८ लाख बरावरको आयव्र्या प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा प्रथम,दोस्रो,तेस्रो सान्त्वना हुने विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियाे । कार्यबाहक अध्यक्ष नारायण वि.क को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका मिना सारुले र कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय