दुई परदेश जोड्ने कालीगण्डकी नदिमा मोटरेबल पुल निर्माण हुदै

२०८० असार ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान सार्की
स्याङ्जा ,९ असार । गण्डकी परदेशकाे स्याङ्जा र लुम्बिनी परदेशको पाल्पा जोडने गरि पक्की पुल निर्माण कार्य सुरु भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-५ र पाल्पाको बगनासकाली गाउँपालिका-६ जोडने गरी कालीगण्डकी नदी माथि मोटरेबल पुल निर्माण गर्ने काम तीब्र गतिमा अगाडि बढी रहेको हाे ।

कुल लागत रु.१५ करोड ४९ लाख ६ सय ७९ रूपैया ५० पैसामा सक्ने गरी बोलपत्र आव्हान गरि २०७७ भदौ १ गते गौरी पार्वती न्यू टेक्निकल जे.पी सँग सम्झौता भएको थियोे । ३ बर्ष भित्र निर्माण कार्य सक्ने गरी सम्झौता भएपनि डिजाइन स्वीकृत हुन ढिलाइ हुदा निर्माण कार्य सम्झौता समयमा नसकिने ईन्जिनियर मनिश भण्डारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयाे ‘सम्झौता भएको मिति देखि ६ महिनामा भित्र डिजाइन पेस गरि स्वीकृत हुनु पर्ने थियाे तर २०७८ भदौ १६ मा डिजाइन स्वीकृत भइ आयो ।’ गत वर्ष काम सुरु गरि सके पछि बीचमा डिजाइन रिभ्युमा गएको भएर काममा थोरै ढिलो हुन गएको उहाँकाे भनाइ थियाे । हेर्ने कुरा डटकम सँग कुराकानि गर्दै भण्डारीले भन्नुभयो,’ दोस्रो रिभ्यु स्वीकृति चाहि २०७९ फाल्गुन २ मा आयो। हाल  सम्मको प्रगति हेर्दा २०७९ फाल्गुन बाट काम सुरु भइ अहिलेको भौतिक प्रगति १७% जति भएको छ । यो आर्थिक मसान्तर भित्र ३०-३३% सम्म काम हुन्छ।’

पुलको चौडाई ११ मीटर,लम्बाई १२०.८० cm र  साडे ७ मीटर मोटर गुडने सहित दायाँबायाँ झण्डै डेढ मीटरको फुटपाथ रहने छ। यहाँ पुल निर्माण सुरु भएपछी स्थानीयवासी पनि खुशी छन् । मोटरेवल पुल निर्माण भएपछी दुई स्थानीय तहका बासिन्दालाई आवतजावतमा सहज हुने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार