निशान सार्की
स्याङ्जा, ११असार । स्याङ्जाको गल्याङ नगरपालिका वाड नं: ९ गौमुख स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक र विद्यार्थीको सयुक्त पहलमा विद्यालयले विभिन्न प्रकारका २५० वटा बिरुवा लगाएको हो ।
‘वृक्षरोपण कार्यक्रमका लागि बिरुवा रामपुर सब डिभिजन वन कार्यलय पाल्पा र जगतत्रदेवी नर्सरी रैबार बाट उपलब्ध भएको प्र.अ.तुलसा भण्डारीले बताउनुभयो । उहाँले हेर्ने कुरा डटकम संग कुराकानी गर्दै भन्नुभयो ‘धुप, गुल्मल, पारिजात ,निम लगायतका बिरुवाहरु लगाएको छ।´ विद्यालय वातावरण राम्रो होस्, बालमैत्री सु-शान्त हरा-भरा तयार गरि पठन पाठन कार्यलाई गुणस्तरीय बनाउने उद्देश्य राखेर वृक्षरोपण कार्य अगाडि बढाएको उहाँको भनाइ थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पदाधिकारीहरु विद्यालय व्यवस्थापनका अध्यक्ष छविलाल गैरे प्राध्यापक तुलसा भण्डारी लगायतकाे सहभागिता रहेकाे थियाे ।