रौतहट, १६ असार । दाइजोको निउमा रौतहटमा श्रीमती र छोरीको हत्या भएको छ। जिल्लाको मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको मृतक महिलाको माइती पक्षले आरोप लगाउनुुभएको छ।
मौलापुर नगरपालिका वडा नम्वर ४ बौधा पतौरा धिरेन्द्र साहको २४ वर्षीय माला भन्ने कविता साह र उहाँकी दुई वर्षकी छोरी आरोही साहको शुक्रबार राति परिवारका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेका होे ।
तीन वर्षअघि समाजिक रितीरिवाज अनुसार माधवनारायण नगरपालिका ५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको विहे मौलापुर नगरपालिका ४ बौधा पतौरा गाउँका नागेन्द्र साहको छोरा धिरेन्द्र साहसँग गरिदिनुुभएको थियो।
विहेअघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातिनीको हत्या गरेको मृतकका बाबु विजयशंकर साहले बताए ।मोटरसाइकल, पलंग, भैंसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाईले छोरीमाथि दवाव दिँदै आएको र आफुले दिन नसकेका कारण नातिनीसहित छोरीलाई कुटीकुटी मारेको साहको भनाइ छ ।
ज्वाई धिरेन्द्रको परिवारले शुक्रबार राति १२ बजेको समयमा छोरीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेपछि भर्याङमा झुण्डयाइएको र १८ महिने नानीलाई घरको पंखामा झुण्डयाएर मारेको उहाँले बताउनुुभयो ।
मृतक बुवा विजयशंकरका अनुसार विहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीलाई ज्वाइका परिवारले कुटेर हत्या गरेको जानकारी दिएको साहको भनाइ रहेको छ ।
आफुले त्यसपछि प्रहरीलाई खबर गरेर मौलापुर पुगेको साहले बताए।जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगर घटना भएको स्वीकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताउनुुभयो।
श्रीमती र छोरीको हत्या पछि धिरेन्द्र साह र उनको परिवारका सदस्य फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बुढामगरले जानकारी दिनुुभयो।