कुखुरा बचाउदा मिर्मीमा टिप्पर पल्टियो

२०८० असार १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निशान भट्टराई
स्याङ्जा, १७ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ , मिर्मी आधिमुहानमा आज टिप्पर दुर्घटना भएको छ।

उक्त टिप्पर बुटवलबाट सिमेन्ट बोकेर बाग्लुङ तर्फ जाने क्रममा बाटोबाट तल खसेको थियो । ग.१.ख ९५८३ नम्बरको टिप्पर स्याङ्जाको कालीगण्डकी गाउँपालिका–०७ मिर्मी आधिमुहन (तातोपानी ) मा आज आइतबार दिउसो ४:४५ बजे दुर्घटनामा परेको हो । उक्त टिप्परका चालक यादव कुमार तमाङ सामान्य घाइते हुनुभएकाे छ । घाइते तमाङको मिर्मिस्थित कालिगण्डकी हस्पिटलमा उपचार भइरहेको छ । टिप्परका सहचालक भने सकुशल रहनु भएकाे छ ।

बाग्लुङ तर्फ हिडेको उक्त टिप्पर कालीगण्डकी कोरीडोर गुल्मी राक्से नजिक बाटो अविरल वर्षाका कारण अबरुद्द भएको थाहा पाएपछि मिर्मी फर्किएर जोगिमार सेतीबेनी फास्ट ट्राक हुँदै बाग्लुङ जान खोजेको तर फास्ट ट्रायक पनि वर्षाका कारण अबरुद्ध भएको थाहा भए पश्चात फर्किने क्रममा तातोपानी नजिकै टिप्परको अगाडि कुखुरा आएको र कुखुरा जोगाउन ब्रेक लगाएको तर ब्रेक फेल भएर टिप्पर ब्याक भई खोल्सामा खसेको चालक तामाङले जानकारी दिनुभयाे। टिप्पर बाटोभन्दा करीव ४० मिटर तल खोल्सामा खसेको छ । दुर्घटना कुनैपनि मानवीय क्षति भएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय