पहिरोमा पुरिएर आमाछोराको मृत्यु

२०८० श्रावण ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैतडी, ८ साउन। बैतडीमा पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ ।

सोमबार बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको हो । घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।

सोही पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । उनलाई उपचारका लागि दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय