काठमाडौं,८ साउन। ट्रायल पास गराइ लाइसेन्स बनाइ दिने भन्दै लाखौं रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी( १३ एकान्तकुनाका ३० वर्षीय सम्राट समिर रागब भन्ने राजु परियार र काठमाडौं( १४ कलंकी सुनारगाउँ बस्ने ३६ वर्षीय ब्रम्ह रिसाल रहेका छन्। रिसाल सुन व्यापारी हुन्।
आफूहरू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताइ लाइसेन्स र ट्रायल पास गराइदिने,प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्यहरू गरिदिन्छु भनी विश्वास दिलाइ पीडितहरूबाट नगद तथा सुनको गहना जबरजस्ती गरी चार लाख तीस हजार बराबरको रकम ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
परियार लुभुबाट र ठगी गरी लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक रिसाल कालीमाटीबाट पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ।