अमेरिका पुर्‍याइदिने भन्दै ४ जनाबाट सवा २ करोड ठगी गरेको आरोपमा एक पक्राउ

२०८० श्रावण ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,८ साउन । नेपालीलाई अमेरिका पुर्‍याइदिने भन्दै २ करोड २६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगरपालिका(२७ स्थायी घर भई काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो ।

कमलविरुद्ध हालसम्म ४ जनाको जाहेरी परेको छ । ब्यूरोका अनुसार तामाङले पीडितबाट ११ लाखदेखि ६० लाख रुपैयाँसम्म उठाएका छन् । भारतको नयाँ दिल्ली हुँदै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस, जाम्बिया लगायत देशसम्म पुर्‍याएर पिडितलाई अलपत्र पारेको उनिहरुमाथी आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय