वालिङमा एक पुरुष मृत अवस्थामा फेला

२०८० श्रावण ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ९ साउन । स्याङ्जाको वालिङ नगरपालिका १२ सिर्सेकोट छाप नजिकैको मन्दिरमा एक पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार वालिङ नगरपालिका १२ छाप बस्ने ५६ वर्षीय धनराज गोतामे मृत अवस्थामा फेला परेका हाे ।

उहाँको शवको घरबाट करिव एक सय पचास मिटर पर रहेको मन्दिरको पेटीमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार