मुवाँथाई खेलकुद जिल्ला शाखा धादिङको अध्यक्षमा तामाङ

२०८० श्रावण १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सावित्री अधिकारी
धादिङ १२, साउन । धादिङ जिल्ला खेलकुद विकास समिति धादिङ शाखाको अध्यक्षमा मिलन तामाङ सर्वसम्मत चयन हुनुभएकाे छ। धादिङमा आज भएको प्रथम अधिबेशन तथा भेला बाट नेपाल राष्ट्रिय मुवाँथाई जिल्ला शाखा धादिङको अध्यक्षमा मिलन तामाङलाई चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा ज्यामेन्दो तामाङ (सविना )र मुकेश लुईटेल खत्री, सचिवमा इश्वरी प्रसाद आचार्य, कोषाध्यक्षमा अर्जुन तिमल्सिना र सदस्यहरुमा किरण बिक, सुनिता भण्डारी, सारिका धमला, स्नेह श्रेष्ठलाई चयन गरेको खेलकुद विकास समिती धादिङ्का अध्यक्ष प्रताप सिङ तामाङ्ले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय