स्याङ्जामा कार दुर्घटना हुँदा तीन घाइते

२०८० श्रावण १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ साउन । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा आइतबार राति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत गल्याङ नगरपालिका १ मालुङ्गामा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग २ च २१७४ नम्बरको कार आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३०० मिटर तल खस्दा तीन जना घाइते भएको प्रहरी बताएको छ ।

घाइते हुनेमा सवारी चालक कास्की पोखरा महानगरपालिका ११ बस्ने ४३ वर्षीय सुमन गुरुङ, वडा ३० बस्ने २८ वर्षीय उत्तम भण्डारी र वडा ५ बस्ने ३५ वर्षीय सन्दिप थकाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार घाइतेहरुलाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार