वालिङमा स्कुटरको ठक्करबाट पैदलयात्री आमाछोरी घाईते

२०८० श्रावण १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ साउन । वालिङमा स्कुटरको ठक्करबाट गएराती पैदलयात्री आमाछोरी घाईते भएका छन् । स्याङ्जा वालिङ ८ कटहरबोट स्थित भित्रि सडक खण्डमा वालिङबाट भुम्रे तर्फ जाँदै गरेको ग ११ प ८३९६ नं. को स्कूटरले ठक्कर दीदा तल्लो वालिङ बस्ने आमाछोरी घाईते हुनुभएकाे हाे ।

घाईते २८ वर्षकी एलिसा थापालाई ठक्कर दिंदा दाहिने हातमा चोट लागेको छ । दुर्घटनामा परि थापाकी ११ महिनाकी छोरी बिरिता थापाको निधारमा चोट लागि सुन्निएको छ । घाईते आमाको वालिङ प्राथमिक अस्पतालमा उपचार पश्चात आमा डिस्चार्ज भएकाे छ भने छोरी बिरिता थापालाई थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार आमाको अवस्था सामान्य रहेको छ ।

स्कूटर चालक भिरकोट नगरपालिका ५ का २९ बर्षीय राम सेन र स्कूटरलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार