कल्पना भट्टराई,
स्याङ्जा, १७ साउन । कालीगण्डकी नदीको पुलबाट हामफाली एक पुरुष मंगलबार बेपत्ता भएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ कोटाकोटबेशी बस्ने अन्दाजी ५८ वर्षीय टोलीपाल राना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दीनुभयो ।
उहाँ स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलबाट हाम फाल्नुभएको हो ।