धादिङमा एकै दिन ९० जनामा डेंगु संक्रमण

२०८० भाद्र १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ,१ भदौ । धादिङ जिल्लामा आज ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज धादिङमा नीलकण्ठ नगरपालिकामा ६६, बेनीघाट रोराङमा १५, सिद्धलेकमा ४, ज्वालामुखीमा २, नेत्रावती डवजोङ, खनियाबास र रुबीभ्यालीमा १–१ गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।

यो सँग धादिङमा साउन यता डेंगु संक्रमण हुनेको संख्या १८४५ जना पुगेको छ भने मृत्यू हुनेको संख्या १ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय