स्याङजा र गुल्मी जोडने पक्की पुल जिर्ण

२०८० भाद्र ५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा,५ भदौ । स्याङजाको कालीगण्डकी गाउँपालीका ७ र गुल्मीको कालीगण्डकी गाउपालीका १ जोडने गरी निर्माण भएको पुुल जिर्ण हुुदै गएको छ । बि.स. २०५३ सालमा कालीगण्डकी ए जलबिद्युत आयोजना निर्माणको क्रममा आवत जावतका लागी पक्की पुल इटलीयन कम्पनीले निर्माण गरेको थियो । आयोजना सम्पन्न पश्चात उक्त कम्पनीले दुई जिल्लाका स्थानीय तहलाई रेखदेखको जिम्मा दिएको थियो ।

पछिल्लो समय स्थानीय तहको नजरमा नपर्दा मिर्मी हुदै गुल्मीको हर्मीचौर,पुर्तीघाट,रुद्रबेनी भएर चल्ने सवारी आवत जावतमा समस्या भएको स्थानीय गणेश प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पुलको बेस पिल्लर तथा छेउका बार लगाएतका चिजहरु जिर्ण भएको छ । उक्त पुुल स्पानको आधारमा कमजोर हुुदै गएको छ । खाल्टा खुल्टी तथा नट बोल्ट समेत काम नलाग्ने अबस्थामा पुुगेको छन । बर्खाको समयमा कालीगण्डकीको तिब्र छाल तथा बहापका कारण पुलमा क्षती हुुदै जान थालेपछी तत्काल मर्मतका लागी पहल सुरु गर्न स्थानीयले माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार