सिमान्त गुरुलाई गल्याङबाट लखेटियो

२०८० भाद्र ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,७ भदौ । मङ्गलबार झारफुर्क गरेर निको पार्छु भन्दै आएका सिमान्त गुरुलाई गल्याङ नगरपालिकामा बाट लखेटिएको छ । आज बिहान करिब ८:३० बजे झारफुर्क गरेर निको पार्छु भन्दै आएका गुरुलाई गल्याङ प्रहरीले लखेटेको हो ।

पटकपटक विवादित बन्दै ठगिको आरोप खेप्दै आएका सिमान्त गुरु भनेर चिनिने सिमान्त केसि गत मङ्गलबार देखि गल्याङ नगरपालिका ३ गिरिङ्दिको एक होटलमा बसि झारफुक गर्ने नाममा स्थानीयको भिडभाड हुने गरेको थियोे ।

छोएकै भरमा सबै ब्यथा निको हुने भन्दै ठगिनेको सङ्ख्या बढेको भन्दै प्रहरीले उक्त स्थानबाट लखेटिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार