गल्याङमा फोहोरको लफडा : स्थानीय सरकारले जबर्जस्ति गरेको भन्दै न्याय खोज्दै जिल्ला प्रशासनमा

२०८० भाद्र १२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १२ भदौ । लामो समयदेखि उचित व्यवस्थापन हुन नसकेको गल्याङ नगरपालिका ३ गल्याङ बजारको फोहोरका कारण स्थानीय र नगरपालिका बीच दुरि बढ्दै गएको छ । फोहोर व्यवस्थापनको उचित केन्द्र फेला नपरेपछि बजारको फोहोर यस अघि गल्याङ नगरपालिका ११ अधिखाेला तिर थर्थरेमा व्यवस्थापन हुँदै आएको थियो । स्थानीयले बिरोध गरेपछि कालीगण्डकी नदि किनारमा व्यवस्थापन गर्ने स्थानीय सरकारले तयारी थालेको छ ।

हाल गल्याङ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न लागेको ठाउँ हिन्दु धर्म मान्नेहरुको दाहास्कार गर्ने ठाउँ भएको हुँदा उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न नहुने स्थानीयले बताएका छन् । उक्त स्थानमा फोहोर व्यवस्थापन गर्दा पेलाकोट, गल्याङ, बल्पुक लगायतका क्षेत्रमा बसोबास गर्नेहरुको दाहसंस्कार गर्ने ठाउँ नस्ट हुने स्थानीयको तर्क छ । त्यति मात्रै नभएर उक्त ठाउँमा फोहोर व्यवस्थापन गर्दा कालीगण्डकाे सभ्यता समेत बिग्रीने भन्दै स्थानीयले मंगलबार जिल्ला प्रशासन कार्यलय स्याङ्जामा निवेदन दिएका छन् ।

बजारमा करिब १३ सय घर छन् उक्त बजारवाट दैनिक ५ ट्याक्टर फोहोर जम्मा हुुने गर्दछ । दुईदिनमा एक पटक उठइने फोहोर बिसर्जन गर्ने ठाउँको ब्यावस्थापनका लागी गल्याङ नगरपालीकाको छर्ती घाटमा ब्यावस्थापनको सुुरु भएको छ । तर स्थानीयको समन्वय बिना काम सुुरु भएको भन्दै बलपुकका स्थानीयले मंगलवार जिल्ला प्रसासन कार्यालयमा पत्र बुुझयका हुन् । फोहर ब्यावस्थापनका लागी सुुरु गरीएको ठाँउ कालीगण्डकीको किनार तथा बल्पुुक ,पेलाकोटको दाह सस्कार गर्ने घाट रहेको हुुदा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयको बिरोध आएको हो । पटक पटक पालीकाले समन्वय गर्ने भनीयता पनी एकलौटी तरीकावाट कम सुुरु गरेको स्थानीय कमल बस्यालले जानकारी दिनुभयाे , उहाँले भन्नुभयाे ‘बाउ बाजेका पाला देखि दाह सस्कार गर्ने घाटमा फोहर फाल्दा बिभिन्न रोग फैलने डर हुन्छ । त्यस्तै बालकृष्ण बस्यालले पनि कालीगण्डकीको सभ्यता माथी नै आच आउने गरी फोहर फाल्न नहुुने जानकारी बताउनुभयाे । धार्मिक तथा पर्यटनकाे प्रचुर सम्भावना बोकेकोे नेपालकै प्रसिद्ध कालीगण्डकीमा फोहर फाल्न थालेपछी स्थानीयवाट बिरोध आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार