स्याङजामा अरिङ्गालको टोकाईवाट १ को मृत्यु ,५ सकुशल

२०८० भाद्र १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा,१३ भदौ । बिरुवा गाउपालिका १ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईवाट मृत्यु भएको छ ।

मंगलवार साझको समयमा घर नजिकै जंगलमा साझको समयमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिव ६०,७० वटा अरिङ्गाल टोक्दा घाईते भएका थिए । स्थानियको सहयोगमा उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो ।

उपचारका क्रममा राति १ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारि दिनुभयो ।अरिङ्गाल पोल्न श्रेष्ठ सहित ६ जना गएकोमा अन्य ५ जनालाई केही नभएको स्थानियले जानकारि दिए। घटना वारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार