बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ भदौ ।आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रुविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय