स्याङ्जामा करेन्ट लागेर एक घाईते

२०८० भाद्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा , १५ भदौ । साथीहरूसँग खेलीरहेको समयमा अचानक करेन्ट लागेर स्याङ्जामा ७ बर्षीय बालक घाईते भएका छन् ।

पुतलीबजार न.पा. वडा नं. १३ हटिया बस्ने ज्योति बि.क. को छोरा बर्ष ७ को सन्जिल सुनार खेलीरहेको समयमा अचानक करेन्ट लगेर घाइते भएका हुन् । दिउसो करिब ३:३० बजेको समयमा करेन्ट लागी घाईते भएका सन्जिल लाई जिल्ला अस्पताल स्याङ्जाको सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार