बालेन शाह खेलाडीको हौसला बढाउन श्रीलंका जाँदै

२०८० भाद्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१७ भदौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदैहुनुन्छ ।

उहाँ हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लाग्नुभएकाे हाे ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लाग्नुभएकाे हाे ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय