धादिङमा १० वटा क्लवहरु बीच भदौं २७ गतेबाट फुटबल प्रतियोगिता

२०८० भाद्र २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धादिङ, २२ भदौ । जिल्ला फुटबल संघ धादिङले भदौं २७ गतेबाट संचालन गर्ने नकआउट फुटबल प्रतियोगितामा जिल्लाका १० वटा क्लवहरुले भाग लिने भएका छन् ।

गत सिजनमा जिल्ला लिगचरण पार गर्न नसकेको अरुणदय युवा क्लव आदमटार, सिद्धलेक सहित अन्य नयाँ क्लवहरुलले यस प्रतियोगितामा भाग लिन भएका हुन् ।

यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ । यसअघि नै जिल्ला लिगका लागि १० टिम छनोट भैसकेका छन् यो नकआउट सकिना साथ लिग सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय