स्याङ्जामा बलेरो दुर्घटना ,एक घाइते

२०८० आश्विन ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा , ६ असोज । भिरकोट नगरपालिका वडा न १ मा बलेरो दुर्घटना हुदा एक घाइते भएका छन ।

शुक्रबार राति ११:३० बजे सिद्धार्थ राजमार्गमा बयरघारिबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ज ६८७७ नम्बरको बलेरो जिपले विपरीत दिशामा रोकि राखेको लु २ च २० नम्बरको बलेरोलाई ठक्कर दिदा ग २ ज ६८७७ नम्बरको बलेरो चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा भिरकोट नगरपालिका वडा नम्बर ८ सिरुखर्क बस्ने २७ बर्षिय अशोक नेपाली घाइते भएको प्रहरी जनाएको छ ।

घाइतेको दाहिने हातको नाडिमा चोट लागेको र भिरकोट नगर अस्पतालमा उपचार पश्चात् शनिबार राति १:१५ बजे थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेको प्रहरी जनाएको छ ।

घटनाकाे थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार