उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परिक्षा पास अनिवार्य

२०८० आश्विन ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,८ असोज । सहकारीहरु मध्ये जिल्लामै ठुलो वित्तिय कारोवार गर्ने उपकार वचत तथा ऋण सहकारी संस्थाले संचालक समितिको उम्मेदवार बन्न तालिम र परिक्षा अनिवार्य गराएको छ । असोज २९ गते हुने सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं अधिवेशनका लागि संचालक समितिको कुनैपनि पदमा उम्मेदवार बन्ने शेयर सदस्यले नेतृत्व क्षमता अभिवुद्धि तालिम र परिक्षा पास गर्नुपर्ने नीति अबलम्वन गरेको हो । सहकारीले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अधिवेसनको तयारी र उम्मेदवार बन्न पाउने कार्यविधिका बारेमा जानकारी गराएको हो ।

सहकारीले अधिवेशनवाट नयाँ आउने कार्यसमितिलाई नेतृत्व सम्वन्धि दक्षता र पारदर्शी गराउन तालिम र परिक्षा आयोजना संचालन गर्न लागेको बिषयमा संस्थाका कार्यबहाक अध्यक्ष लक्ष्मीपति पौडेलले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनुभयो । सहकारीमा आउने व्याक्तिलाई नेतृत्व क्षमता र सहकारी सम्वन्धी तालिम लिदा सहकारीको काम कारवाहिमा थप मदत् पुग्ने विश्वास लिइएको पौडेलले बताउनुुभयो । १० र ११ गते दुईदिन तालिमको आयोजना गर्न लागेको समेत उनले बताउनुुभयो । संस्थाले सहकारी ऐन नियम र कार्यविधि विपरित अधिवेशनमा उम्मेदवारी हुन तालिम र परिक्षा अनिवार्य गरिनु कानुन सम्मत भएननी भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष पौडेलले संस्थाको दिगो विकास र क्षमता विकासका लागि सन्चालकको दक्षता महत्वपूर्ण भएकाले यो कार्यविधि अगाडी सारिएको बताउनुुभयो । यो विषयको कानुनी परामर्श भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

‘संचालक बन्न अगाडी सर्ने अनि बैठकमा नआउने समस्या हुन थाल्यो’ अध्यक्ष पौडेलले भन्नुभयो,‘संचालक बन्न जिम्मेवारी बोध गराउन यो विधि अगाडी सारेका हौं ।’ संस्थाको जिम्मेवारी संचालक सदस्यले नबुझिदिदा धेरै समस्या हुने रहेछ उहाँले भन्नुुभयो । संस्थाले सामुहिक धितोकर्जा, शेयर सदस्यको घातक रोग सुविधा, सुत्केरी भेटघाट, जेष्ठ सदस्य सम्मान, शैक्षिक पुरस्कार, वित्तिय साक्षरता र सदस्य केन्द्रित व्यवसायीक तालिम लगायतका कार्यक्रम अगाडी सार्दै आएको बताए । ७ हजार ८ सय १४ शेयर सदस्य रहेको सहकारीको साधारण सभा सबै इकाइहरुवाट सुरु भइ वालिङमा इकाइ प्रतिनिधि सभावाट सम्पन्न गरिने समेत जानकारी दिनुभयो । साधारण सभा सम्पन्न भएपछि अधिवेशन सुरु हुने समेत जानकारी दिनुभयो ।

कुल ८२ करोड कारोवार रहेको सहकारीको अधिकृत सेयर पुँजी २० करोड र चुक्ता सेयर पुँजी ७ करोड ६९ लाख ५३ हजार ८ सय रहेको छ । सहकारीमा सदस्यहरुको बचत ६२ करोड ६० लाख १३ हजार चार सय ६ रुपैंया रहेको छ भने कर्जा लगानी ४७ करोड ७७ लाख ६४ हजार छ सय १० छ । संस्थाले ६१ लाख नाफा गरेको समेत पौडेलले बताउनुुभयो । देशका विभिन्न जिल्लामा सहकारीका समस्या आइरहेका बेला उपकार सहकारीले भने वित्तिय क्षेत्रमा राम्रै सुधार गरेको दावी पौडेलको छ ।

कार्यक्रममा संस्थाका सचिव यज्ञ प्रसाद अधिकारी, संस्थाका निमित्त महाप्रवन्धक झलकनारायण पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले संस्थाका वित्तिय अवस्था र भावी रणनितीका विषयमा जानकारी दिनुभएको थियो । सहकारीलाई अझै विश्वासिलो र नागरिकमुखी बनाउन उत्पादनमा जोड दिनुपर्ने धारणा बक्ताहरुको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय