स्याङ्जामा स्क्रब टाईफस देखिएपछि विद्यालय बन्द

२०८० आश्विन ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ११ असोज । स्याङ्जाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा एक्कासी स्क्रब टाईफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ दरौंस्थित दरौं माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त रोग देखिएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा पठनपाठन भईरहेको समयमा विद्यार्थीमा एक्कासी उच्च ज्वरो आउने, सास र्फेर्न गाहे हुने, टाउको दुख्ने र वान्ता हुने लक्षण देखिएपछि बिहीबारदेखि विद्यालय बन्द गरिएको छ । उक्त लक्षण देखिएका विद्यार्थीलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जामा भर्ना गरेपछि स्क्रब टाईफस भएको पुष्टि भएको हो ।

अस्पतालमा भर्ना भएका करिब ४० विद्यार्थी मध्ये अधिकांशमा स्क्रब टाईफस देखिएको छ । केहि विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने अधिकांश विद्यार्थीको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ ।

स्क्रब टाईफसबाट बढिमात्रामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु बिरामी भएको विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाहाले जानकारी दिनुभयाे । उपचारार्थ अस्पताल भर्ना भएका विद्यार्थीको उपचार र विद्यालयको पूर्ण सरसफाई भएपछि मात्रै विद्यालय संचालनमा आउने शिक्षक रोकाहाले बताउनुभयाे ।

रोग नियन्त्रणका लागि जिल्ला अस्पताल स्याङ्जाले विशेष स्वास्थ्यकर्मीको एक टोली घटनास्थल पठाएको छ । रोग नियन्त्रण गर्न स्थानीय स्वास्थ्य चौकी र अस्पतालबाट खटिएको टोलीले विद्यालय र अभिभावक बस्ने दरौ गाउँमा स्वास्थ्य परिक्षण अभियान संचालन गरिने अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. रुकमिना अधिकारीले जानकारी दिनुभयाे ।

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । माइट प्रायः जसो झाँडी, खेतबारी, वनजगंल, घर वरपरको झाँडी तथा फोहोर हुने ठाँउमा देखिने सवास्थ्यकर्मी बताउँछन् ।

लक्षण 
स्क्रब टाईफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय
खेतीबारीमा काम गर्दा, वनजँंल झाँडीमा जाँदा तथा घाँस काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घाँसबारी वा चौरमा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा बस्ने तथा सुत्ने, सकेसम्म घाँसबारी र चौरमा नबस्ने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय