सरकार हरायो : ओली

२०८० आश्विन १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१६ असोज।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

‘सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ । विकास मात्र होइन, अतयाधुनिक विकास, ज्ञान र प्रवृधिमा राष्ट्रहरु प्रतिस्पर्धामा छन् । तर अवसोच यहाँ (नेपाल) सरकार हराएको छ । राष्ट्र, जनता र संसद छलिरहेको छ’ ओलीले भने, ‘सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार